Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सुपर लिग– धनगढी फाईनल प्रवेश

Company Register

धनगढी एफसी फ्रेन्चाइज आधारमा नेपालमा पहिलोपटक सन्चालन भएको फुटबल प्रतियोगिता नेपाल सुपर लिग–एनएसएलमा फाइनल पुगेको छ। दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा धनगढीले काठमाडौं रेजर्सलाई २–१ गोल अन्तरले पराजित गरेका थिए । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि थपिएको ३० मिनेटभित्र धनगढीका विशाल राईले गोल गरेका थिए।

Advertisement

राईले एक सय ८ औँ मिनेटमा गोल गरेका हुन्। त्यसअघि ७५ औँ मिनेटमा काठमाडौंले तेज तामाङको गोलमा अग्रता लिएको थियो। तीन मिनेट लगत्तै पुजन उपरकोटीले धनगढीलाई बराबरीमा ल्याएका थिए। काठमाडौंले फाइनल पुग्न पुन एकपटक खेल्न पाउने छ। त्यसका लागि तेस्रो र चौथो स्थानका टोलीबीच हुने खेलको विजेतालाई हराउनुपर्ने छ। तेस्रो स्थानमा ललितपुर सिटी एफसी र चौथो स्थानमा बुटवल रहेको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...