हेटौंडा –१३ वनस्पतीमा टोल स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । दिपावली तथा छठ पर्वको अवसरमा जनहित युवा समुह हेटौंडा–१३ को आयोजनामा प्रतियोगिता शनिबारबाट सुरु भएको हो । समुहका अध्यक्ष दुदुमाया सिंतानको अध्यक्षता तथा युग चेतना नमुना आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजकुमार स्याङ्तानको प्रमुख आतिथ्यतामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उत्घाटन खेलमा बनस्पति टोल बिकास समिति (ए) ले विजयी सुरुवात गरेको छ । बनस्पति टोल बिकास समिति (ए) ले नमुना टोल विकास समिति (बि) लाई ४–१ गोल अन्तरले पराजित गरेको हो । जितका लागि बनस्पति टोल बिकासका खेलाडी प्रिन्स लामाले व्यक्तिगत ४ गोल गरेका थिए ।

No description available.

प्रतियोगितामा आज आईतबार ३ खेल हुने छ । पहिलो खेल बिहान ८ बजे विन्दाबासिनी (ए) र साहारा टोल विकास बीच हुने र दिउँसो २ खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १५ हजार शिल्ड , मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । द्धितिय हुने टिमले नगद १० हजार र तृतीय हुने टिमले नगद ५ हजार शिल्ड , मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । कार्तिक ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ५ टोल विकासको १० टिमले सहभागिता जनाएको छ ।

उद्घाटन कार्यक्रममा साहारा टोल बिकास समितिका अध्यक्ष अशोक कुमार डिम्डुङ,जडीबुटी टोल विकास समितिका अध्यक्ष बसन्तकुमार लामा,बिन्दावासिनी टोल विकास समितिका अध्यक्ष रत्न बहादुर केसि , बनस्पति टोल विकास समितिका अध्यक्ष सुर्य बहादुर छुमी, टोल समन्वय समितिका वडा सदस्य कृष्णप्रसाद दाहाल र समाजसेवी भिमाकुमारी लामा लगायतकाको उपस्थिति रहेको थियो ।