मकवानपुरगढीमा भएको पहिलो जोडी दौड (श्रीमान–श्रीमती)मा मकवानपुरगढी–५ निवासी पवन गोलेको दम्पती विजयी भएका छन् । मकवानपुर जिल्लामा नै पहिलो पटक शनिबार स्थानीय क्लव नव जागृत क्लवले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा ५२ जोडीले सहभागिता जनाएको थियो । ५२ जोडी मध्ये गोलेको दम्पती विजयी भएका हुन् । प्रतियोगितामा प्रथम भएसँगै गोले जाडीलले नगद १० हजार प्राप्त गरेका छन् ।
त्यस्तै प्रतियोगितामा सोही वडाका अमिर अधिकारीको जोडीले दोस्रो स्थान हात पार्दै नगद ५ हजार जितेका छन् । त्यस्तै प्रतियोगितामा मकवानपुरगढी–६ निवासी राजन चौलागाईको जोडी तस्रो हुँदै नगद ३ हजार प्राप्त गरेका छन् भने चार जोडी सान्त्वना हुँदै नगद एक–एक हजार प्राप्त गरेका छन् । सान्त्वना हुनेमा मकवानपुरगढी–३ सुझाब पुडासैनीको जोडी र मकवानपुरगढी–५ का सन्तोष गौतमको जोडी,रामबाबु न्यौपानेको जोडी र अर्जुन न्यौपानेको जोडी रहेका छन् ।
क्लबका अध्यक्ष रामकुमार खड्काको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष दिपेश दहाल, कांग्रेस युवा नेता यतिराज सापकोटा, समाजसेवी इन्द्रप्रसाद संजेल,एक्लेटिथका एम्पायर राजाराम पोखरेल लगायतको आतिथ्यता रहेको थियो । प्रतियोगितामा श्रीमानले आफ्नी श्रीमतीलाई बोकेर ६० मिटर दौडिनुपर्ने खेलको नियम रहेको थियो ।