Menu

मेस्सीको कीर्तिमानी गोलमा बार्सिलोना विजयी

च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा मेस्सीको गोलमा बार्सिलोनाले स्लाविया प्रागलाई पराजित गरेको छ ।

समूह एफको खेलमा बार्सिलोनाले स्लाविया प्रागलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको तेस्रो मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । मेस्सीले च्याम्पियन्स लिगमा लगातार १५ सिजन गोल गर्न पहिलो खेलाडी बन्ने कीर्तिमान राख्दा बार्साले संघर्षपूर्ण जित निकालेको थियो । अर्तुरो भिडालको पासलाई सदुपयोग गर्दै मेस्सीले बार्साका लागि पहिलो गोल गरेका थिए ।

जान बोरिलले ५० औ मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए । ५७ औ मिनेटमा पिटर ओलायिन्काको आत्मघाती गोल गरेपछि बार्सिलोना २–१ ले अघि बढेको थियो । गएराति भएको खेलमा जितसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । अंक तालिकामा बार्सिलोनाले ७ अंक जोडेको छ । उसले दोस्रो स्थानको ईन्टर मिलानसंग ३ अंकको अग्रता लिन सफल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad