हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ७ नागस्वतीमा बडा दशैंको अवसरमा जारी टोल स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत बुधबार एक खेल भएको छ । न्यु चिसापानी र आदर्श टोल बिच भएको खेल १ं— १ गोलको बराबरीमा टुङ्गिएको थियो । अंकको आधारमा न्यु चिसापानी प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ योसँगै लिग चरणको खेल सकिएको छ ।

सेमिफाईनलका खेलहरु शुक्रबारबाट सुरु हुने प्रेस संयोजक गोकुल अधिकारीले जानकारी दिएका छन् । सेमिफाइनलमा न्यु चिसापानी ,जागरण ,अग्राठे र वनदेबि प्रवेश गरेका छन् । प्रतियोगिताको फाइनल खेल २५ गते हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले ४५ किलोको खसि , शिल्ड ,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने दित्तिय हुने टिमले ३५ किलोको खसि ,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडि , हरेक खेलका म्यान अफ द म्याच ,अनुसाशित टिम ,सर्वाधिक गोलकर्ता लगायतलाई पनि आकर्षक पुरस्कारको व्यवस्था रहेको छ ।