नेपालको सानदार जित , ओमान ७ विकेटले पराजित

Company Register

आईसीसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले ओमानलाई सात विकेटले हराएको छ । दुबईको अल अमिरात क्रिकेट मैदानमा ओमानले दिएको एक सय २२ रनको समान्य लक्ष्य नेपालले १८ ओभर २ बलमा मात्रै तीन विकेट गुमाउँदै भेट्यायो ।

Advertisement

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । मल्लले ४६ बलमा अविजित ५२ रन बनाए । त्यस्तै आसिफ शेख ४०, कुशल भुर्तेल र रोहित पौडेल समात ६–६ रन बनाएर आउट भए ।यसअघि अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमान ३७ ओभर १ बलमा एक सय २१ रन बनाउँदै अलआउट भएको थियो । ओमानका लागि जेशान मक्सूदले सर्वाधिक ४१ रन बनाए । बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले चार–चार विकेट लिँदा शरद भेषवाकरले दुई विकेट लिए । भेषवाकरले आजको खेलमा पहिलो एकदिवसीय विकेट लिएका हुन् । नेपाल यसअघिको खेलमा ओमानसँग नेपाल ५ विकेटले पराजित भएको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...