मकवानपुरे गायक तथा संगितकार प्रकाश तामाङ्ग (तितुङ्ग) को आवाजमा रहेको सेलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । “ताम्बाको छोरो” बोलको गीत शनिबार प्रकाश तामाङ्गको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । आश्मान लोप्चनको शब्द र गायक तथा संगितकार प्रकाश तामाङ्गको आवाज र संगितमा रहेको गीतको म्युजिक भिडियो मकवानपुरको पश्चिमी क्षेत्र मनहरीको विभिन्न स्थानमा छायाङकन गरेको हो । गीत चन्द सिंले एरेन्ज गरेका हुन भने एस.पी. मुस्कानले मिक्सिङ्ग गरेका हुन् । म्युजिक भिडियोको निर्देशन प्रकाश तामाङ्गले नै गरेका छन् । म्युजिक भिडियोमा वर्षा मोक्तान , प्रकाश तामाङ्ग र निरु थिङको अभिनय रहेको देख्न पाइन्छ भने बाल कलाकारको रोलमा सुलभ लामा , अरुणा तामाङ्ग र सिभम लामाको अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस् म्युजिक भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4298 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू