
हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ७ नागस्वतिमा रहेको तासिर अङ्ग्रेजी माध्यमिक विद्यालयमा एकदिने शिक्षण सिकाई तालिम सम्पन्न भएको छ । शुक्रबार तासिर स्कुलको प्रमुख कार्यकारी मैयाँ थापाको अध्यक्षतामा शिक्षणसिकाइमा प्रविधिको प्रयोग गरी शिक्षण सिकाई कृयाकलाप कसरी रुचिकर, बिधार्थी केन्द्रीत आधूनिक बनाउन सकिन्छ भन्ने विषयमा एकदिने तालिम सम्पन्न भएको छ ।
तालिममा विवशजंग थापाले आधारभुत तहका शिक्षकलाई प्रशिक्षण दिएका हुन् । कार्यक्रममा थापाले पेशागत विकास कसरी गर्ने र महत्वपूर्ण वेबसाईटहरुको बारेमा प्रयोग गरी देखाएका थिए । अनलाईन शिक्षण सिकाइ क्रियाकलाप विशेषगरी कक्षा १ देखि ५ सम्म कसरी उत्कृष्ट बनाउने भनी प्रशिक्षक थापाले प्रयोगात्मक तरिकाले सहजीकरण गरेका थिए । कार्यक्रममा १८ जना शिक्षकको उपस्थिति रहेको थियो। कार्यक्रमलाई ब्यवस्थित बनाउन तासिर अङ्ग्रेजी माध्यमिक विद्यालयका शिक्षक सरल गौतमको संयोजकत्व रहेको थियो भने कार्यक्रमको संचालन अङ्ग्रेजी शिक्षिका दिपा महतले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




