काठमाडौं – सुगम पोखरेल र समिक्षा अधिकारीको आवाजमा रहेको आँटिदे मैना गीत बजारमा आएको छ।

गीतका शब्द राजेन्द्र भट्ट र नवराज कलौनीले रचना गरेका हुन् भने चर्चित र्‍यापर समेत रहेका भट्टले नै गीतमा संगीत पनि भरेका छन्।  मोहित मुनालले एरेन्ज गरेको गीतलाई श्यामश्वैत रसाइलीले मिक्सिङ गरेका छन्। ​ आँटिदे मैनामा चर्चित कलाकार दिपाश्री निरौला, सन्दीप क्षेत्री, निर्मल शर्मा र इनु क्षेत्री लगायतको अभिनय देख्न पाइनेछ।

राजेन्द्र भट्टको युट्युव च्यानलबाट सार्वजनिक गरिएको यो गीत अहिले युट्युबको ट्रेन्डिङमा प्रवेश गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू