नेकपा माओवादी केन्द्रमा विभाजन भएसँगै बाबुराम भट्टराईको नयाँशक्तिको नेता हुँदै नेकपा एमाले प्रवेश गरेका मकवानपुरका पुर्व सांसद एवम् एमाले नेता प्रल्हाद लामिछाने पुनः माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार काठमाण्डौँमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनलाई माओवादी केन्द्रमा स्वागत गरेका हन् ।

माओवादीबाटै संविधानसभा सदस्य बनेका उनी पार्टी विभाजनपछि नयाँ शक्तिमा थिए । २०७४ मा भएको निर्वाचनमा नयाँ शक्तिबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी निर्वाचनको एक दिन अघि एमालेमा प्रवेश गरेका थिए । एमालेका बागमती प्रदेश कमिटि सदस्य रहेका उनी नेकपा एमाले विवादपछि पार्टी गतिविधिमा निस्कृय थिए ।