बडा दशैं , शुभ दीपावली तथा छठ पर्वको अवसरमा हेटौंडा –५ मा रहेको सयुक्त युवा क्लबहरुले सप्ताहव्यापी सरसफाई अभियान कार्यक्रम सुरु गरेको छ । सयुक्त युवा क्लबका अध्यक्ष विशाल राज महतको सभाध्यक्षतामा र हेटौंडा ५ नंम्बर वडा अध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्यमा सप्ताहव्यापी सरसफाइ अभियान कार्यक्रमको सुरुवात गरेको छ । सरसफाइले नै समाजको सभ्यताको परिचय दिने ,स्वास्थ्य राम्रो भएपछि असल विचार आउँने र सयुक्त सरसफाइ कार्यक्रमले एकताको समेत सन्देश दिने भएकोले सरसफाइ अभियान कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष महतले बताए ।

कार्यक्रममा हेटौंडा वडा ५ मा रहेको पिप्ले युवा क्लब , जन प्रवाह क्लब , खेलकुद तथा समाजिक विकास मन्डल सानोपोखरा क्लब , प्रतिभा युवा क्लब , रत्नकाली क्लब , बालुवाटार युवा क्लब , संसारिमाई युवा क्लब , ५ नम्बर वडा क्लब ,५ नम्वर वडाका जनप्रतिनिधि , शान्तिनगर टोल विकासका अध्यक्ष , समाजसेवि लगायतका उपस्थित रहेको थियो। सरसफाईन अभियान कार्यक्रम अन्तर्गत पहिलो दिन शान्तिनगर टोल बाट सुरूवात गरेर बानियाँटोल जाने पुलमा पुगि अन्त्य भएको जनप्रवाह क्लबका अध्यक्ष हरि बहादुर कुवरले जानकारी दिएका छन् ।