इन्डियन प्रिमियर लिग )आइपिएल)मा दिल्ली क्यापिटल्स शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राती दुबईमा भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै मुम्बई इन्डियन्सलाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । जितका लागि १ सय ८५ रनको लक्ष्य पछ्याएको राजस्थान १९.४ ओभरमा १ सय ३८ रनमा अल आउट भयो ।

जितसँगै दिल्ली ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा छ । मुम्बई ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक जोड्दै दोस्रो स्थानमा छ । सनराइजर्स हैदराबाद ६ खेलमा समान ३ मा जित र हार सहित तेस्रो स्थानमा छ । समान ५ खेलमा ६–६ अंक भएपनि नेट रन रेटको आधारमा कोलकाता चौथो र बेंगलोर पाँचौ स्थानमा छन् । चेन्नई सुपर किंग्स ६ खेलमा ४ मा हार र २ मा जित सहित छैटौ स्थानमा छ । राजस्थान ६ खेलमा ४ मा हार र २ मा जित सहित सातौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ६ खेलमा ५ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।