मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा पालिकास्तरीय भलिबल संघ गठन गरिएको छ । शनिबार मकवानपुरगढी वडा नंम्बर ५ धादिङ स्थित शारदा माविको सभाहलमा भएको बैठकले राजेश अधिकारीको अध्यक्षतामा ११ सदस्यीय मकवानपुरगढी गाउँपालिका भलिबल संघ गठन गरिएको हो ।

May be an image of 7 people, people sitting and people standing

संघको उपाध्यक्षमा राजन चौलागाई , सचिव सिंह बहादुर योञ्जन, कोषाध्यक्ष अजय योञ्जन सर्वसम्मत चयन भएका छन् । संघको सदस्यहरुमा बालकृष्ण घिमिरे, जीवन बिष्ट, सन्देश तुम्सिङ मगर, बिष्मता पुडासैनी, राम छत्कुलि, विष्णु सिलवाल र भीम बहादुर थापा चयन भएका छन् । कार्यक्रममा मकवानपुरगढी–५ का वडाध्यक्ष दिपेश दाहाल, मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष बसन्त कुमार सिटौला , जिल्ला भलिबल संघका उपाध्यक्ष ईन्द्र प्रसाद संजेलसहित पदाधिकारी तथा खेलप्रेमी युवाहरुको उपस्थिति रहेको थियो ।