Comments Add Comment

विश्वकप फुटबल : स्पेनलाई हराउँदै जापान अन्तिम १६ मा प्रवेश

जापान फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ । समूह ‘ई’ को आफ्नो अन्तिम खेलमा स्पेनलाई २–१ गोलले हराउँदै जापान अन्तिम १६ मा पुगेको हो। जापानले अन्तिम १६ मा पुग्ने क्रममा दुई विश्व विजेतालाई हराउने इतिहास बनायो। यसअघि जापानले पहिलो खेलमा जर्मनीलाई पनि २–१ ले हराएको थियो। जापान अन्तिम १६ मा पुगेसँगै जर्मनी भने बाहिरियो।

अन्तिम खेलमा जापानले एक गोलले पछि पारेको अवस्था उल्टाएको थियो। स्पेनले खेलको एघारौं मिनेटमा मोराटाको गोलबाट अग्रता लिएको थियो। जापानका लागि ४८ मिनेटमा डोआन र ५१ मिनेटमा तानाकाले गोल गरेका थिए। अब जापानले अर्को खेल समूह ‘एफ’ को उपविजेता क्रोएसियासँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर