Comments Add Comment

विश्वकप फुटबल : क्रोएसिया र मोरक्को अन्तिम १६ मा, बेल्जियम र क्यानडा बाहिरिए

बेल्जियम विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । बिहीबार भएको निर्णायक खेलमा क्रोएसियासँग बराबरी खेल्दै समूह चरणाबटै बाहिरिएको हो । अहमद बिन अल स्टेडियममा भएको खेलमा दुई टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेल्नु परेको हो । आजको खेलमा बराबरी खेल्दै क्रोएसियाले ३ खेलबाट ५ अंक जोड्यो । यता बेल्जियमले ३ खेलबाट ४ अंक जोडेर बाहिरियो । त्यस्तै मोरक्कोले क्यानडामाथि २–१ गोलको जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । मोरक्कोलाई जित दिलाउन हाकिम जियाज र युसुफ नेसइरले एक–एक गोल गरे ।

यता क्यानडाले एक गोल आत्मघाती उपहार पायो । मोरक्कोका लागि खेलको चौथो मिनेटमा जियाचले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको २३ औं मिनेटमा युसुफले गोल गर्दै मोरोक्ककोलाई पहिलो २–० गोलको अग्रता दिलाए । यता क्यानडाले नायफ अगर्डको आत्मघाती गोलमा अग्रता बनाएको थियो । खेलमा जित निकाल्दै मोरक्को ३ खेलबाट ७ अंक जोडेर समूह एफको शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्यो । यता पराजित क्यानडा समुह चरणबाटै बाहिरियो ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै