
इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्समाथि रोयल च्यालेन्जर्स बेंगलोरले १ रनको रोमाञ्चक जित निकालेको छ । रोमाञ्चक जितसँगै बेंगलोर शीर्षस्थानमा उक्लिएको छ । जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७० रन बनायो ।
दिल्लीलाई जितको लागि अन्तिम ओभरमा १४ रन चाहिएको थियो । मोहम्मद शिराजले १२ रन खर्चिदै रोमाञ्चक जित दिलाएका हुन् । सुरुवाती दुई बलमा योर्करका साथ शिराजले १–१ रन दिए । तेस्रो बलमा पन्तलाई बल डट राखेपछि बेंगलोरको सम्भावना बढेको थियो । चौथो बलमा पन्तले दुई रन बटुलेका थिए । अन्तिम दुई बलमा १० रन चाहिँएको थियो । ऋषभ पन्तले लगातार दुई चौका प्रहार गरेपनि टोलीको झिनो हार टार्न सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




