Breaking
4 Dec 2024, Wed

ला लिगा : रियाल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्षस्थानमा

स्पेनिस ला लिगा अन्तर्गत क्याटलान क्लब बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा इवरलाई उसकै मैदानमा ३-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । यसअघिशीर्ष स्थानमा रहेको स्पेनिस महारथी रियाल म्याड्रिड भने १ अंकले पछि पारेको छ ।

बार्सिलोनालाई शानदार जित दिलाउनको लागि कप्तान लियोनेल मेस्सी र फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजमन र लुइस सुआरेजको समान एक एक गोल गरे । खेलको १३औं मिनेटमा ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले क्लेमेन्ट लेङ्लेटको पासमा गोल गरेका थिए ।

पहिलो हाफमा एक गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा दुई गोल थप्यो । खेलको ५८औं मिनेटमा ग्रजमनको पासमा कप्तान मेस्सीले गोल गर्दै अग्रता दोब्बर बनाए । ६७औं मिनेटमा कप्तान मेस्सीको पासमा लुइस सुआरेजले गोल गर्दै बार्सलोनाको ३-० को अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा बार्सिलोनाले ३-० गोल अन्तरले खेल जित्यो ।

९ खेलबाट १९ अंक जोड्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ भने समान खेल खेलेको रियल १८ अंकसहित दोस्रो स्थानमा रहेको छ । पराजित इवर ९ अंकसहित १४औं स्थानमा छ ।

Ad
Ad