हेटौंडा ५ पिप्लेमा रहेको पिप्ले युवा क्लबको अध्यक्षमा शुशिल घिमिरे चयन भएका छन् । शनिबार भएको १३ औ विशेष साधारण सभाले घिमिरेको नेतृत्वमा ११ सदस्य नयाँ कार्य समिति  सर्वसम्मत चयन गरेको हो।

क्लबको नयाँ कार्यसमितिको  उपाध्यक्षमा भरत सिन्जु, सचिवमा दिपेन्द्र ढकाल, सह सचिवमा सुदिप ठकुरी, कोषाध्यक्षमा सुदिप सापकोटा त्यसैगरी सदस्यहरुमा रन बहादुर खनाल, विवेक अर्याल, लालिकिरण ढुङगेल, भुपेन्द्र चौलागाई, रवि थापा र अनुज कार्की  चयन भएका छन्। सामाजिक काममा समेत अग्रसर रहेको पिप्ले युवा क्लब २०५८ सालमा स्थापना भएको हो।