Comments Add Comment

बंगलादेशसँग भारतको लज्जास्पद हार

भारतविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा बंगलादेश विजयी भएको छ।  दिल्लीमा आइतबार राति भएको खेलमा बंगलादेशले भारतलाई ७ विकेटले पराजित गरेको छ। भारतले दिएको १४९ रनको लक्ष्य बंगलादेशले १९ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो।

Ad
Advertisement

बंगलादेशको जितमा मुस्फिकर रहिमले अविजित रहदै ६० रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै सौम्य सरकारले ३९ तथा मोहमद नाइमले २६ रन जोडे। कप्तान महमदउल्लाह १५ रनमा अविजित रहे। भारतका दिपक चहर, खलिल अहमेद र युजभेन्द्र चाहलले १र१ विकेट लिए। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनाएको थियो। भारतका लागि शिखर धवनले ४१ तथा ऋषप पन्तले २७ रन बनाए।

श्रेयर एयरले २२ रन बनाउँदा लोकेश राहुलले १५ रन बनाए। यस्तै कप्तान रोहित शर्मा ९ रनमा आउट हुँदा कुर्नाल पाण्डयले अविजित १५ रन जोडे बंगलादेशका एमिन्युल इस्लाम र सैफुल इस्लामले २–२ विकेट लिए। योसँगै बंगलादेशले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई पहिलो पटक पराजित गर्दै ऐतिहासिक जित निकालेको छ।  

No tags found.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

👍 राम्रो
❤️ माया
😢 दुखेको
😡 क्रोधित

सम्बन्धित खवर

Ad
Ad