Comments Add Comment

काठमाण्डौँवासीका लागि २५ लाख मालाको आवश्यक

भारतबाट तिहारका लागि तीन लाख माला भित्र्याउने भएको छ । काठमाडौंमा बसोबास गर्ने नेपालीका लागि सानाठूला गरी तीन लाख माला भारतबाट आयात हुने अनुमान गरिएको हो ।

नेपालमा लगातार गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी भएको २३ वर्ष पुगेको छ । आयातमा भने कमी आएको छैन । विसं २०५३ देखि फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै आएको हो । राजधानीवासीका लागि भाइटीकाको दिन झण्डै २५ लाख मालाको आवश्यक पर्ने फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का महासचिव विश्वमणि पोखरेलले बताएका छन् ।

फ्यानका अध्यक्ष कुमार कसजुले गत वर्ष झन्डै रु २० करोडको विभिन्न जातका फूल आयात भएको बताउनुभयो । पूmलको माग दैनिक बढिरहेको भए पनि उत्पादनमा भने खासै वृद्धि हुनसकेको पाइँदैन । चार वर्ष पहिले नेपालले भारतबाट रु चार करोड मूल्य बराबरका विभिन्न फूल आयात गरेको तथ्याङ्क पाइन्छ । तथ्याङ्कलाई केलाउँदा नेपालमा वर्षको पाँच करोडका दरले पूmलको आयात बढ्दै गएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर