Comments Add Comment

सुनको भाउ तोलामा १२ सय रुपैयाँ घट्यो

काठमाडौं – बुधबार सुनको मूल्य एकैदिन १२ सयले घटेर ९७ हजार २ सय प्रतितोलामा कायम छ।

मंगलबार सुन ९८ हजार ४ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ९ सय ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ भइरहेको छ। जसको असर नेपालमा समेत देखिएको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर