काठमाडौं – नेपालमा कोरोना भाइरसका आज  ११ सय  २० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४१ हजार  ६ सय ४९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म २३ हजार  २ सय  ९० जना संक्रमणमुक्त भएका छन् । आज १ हजार १ सय १२ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

https://www.facebook.com/mohpnep/videos/633192894296668/