Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

दुई थान पेस्तोलसहित एक युवक पक्राउ

Company Register

Advertisement

दुई थान कटुवा पेस्तोलसहित एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । मंगलबार जनकपुरधाम उपमहानगरपालिका–१९ बाभनविघाबाट प्रहरीले कटुवा पेस्तोलसहित युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउपालिका–१ सोहनी टोलका रामसिकेश यादवका १८ वर्षीय छोरा बिबेक यादव रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई विशेष सूचनाको अधारमा पुलचोकस्थित ५२ बिघाबाट पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । प्रहरी नायव उपरीक्षक मिश्रका अनुसार उनीमाथि अनुसन्धान थप सुरू गरिएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...