
बेलकोटगढी नगरपालिका–१२ देउराली लामाटोलमा तीन वर्षीय बालकको हत्या भएको छ । स्थानीयवासी सुजन रानामगरको हत्या गरिएको हो ।
रानामगरको घरमा कोही नभएको समयमा उनकै फूपु २८ वर्षीया पार्वती रानामगरले शुक्रबार हत्या गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । पार्वतीको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ । उनलाई प्रहरीले पक्राउ गरेको छ । बालकको शव परीक्षणका लागि त्रिशूली जिल्ला अस्पताल लागिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




