Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कोरोनाबाट अति प्रभावित १४ जिल्लाका विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको अपिल

Company Register

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट अति प्रभावित भनी वर्गीकरण गरेका विभिन्न १४ जिल्लाका विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको जनाएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यी जिल्लालाई अति प्रभावित भनेर छुट्याउँदै उक्त जिल्लाहरुमा भीडभाड हुने काम नगर्न भनेको छ ।

Advertisement

कोभिड—१९ संक्रमणको दोस्रो लहरका कारण अति प्रभावित जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ रहेका छन् ।
यी जिल्लामा विद्यालय, रात्रि व्यवसायहरु, ७ बजेदेखि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सपिङ मललगायतका भिडभाड हुने क्षेत्रमा सहभागी नभईदिन आग्रह गरेको छ ।
अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...