
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।
साथै एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सकिनेछ । यसका लागि NEB<Space>Symbol No. टाइप गरी 1600 मा एसएमएस पठाउनुपर्ने हुन्छ । त्यस्तै नेपाल टेलिकमकाे 1601 नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा प्राप्त गर्न सकिन्छ ।
कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




