कलाकार शिशिर भँडारीले फोटो “फिरिम २” (रुमाल चिनो छ) सार्वजनिक गरेका छन् l यस अघि सार्वजनिक गरिएको “फोटो फिरिम” लाई दर्शकले अत्यधिक रुचाएपछि शिशिर दोश्रो भाग बजार ल्याएका हुन् l भँडारीकै कथा/ निर्देशन शब्द ,संगीत रहेको गीतमा आवाज प्रताप दास , रचना रिमाल र कुमार अभिले दिएका छन् l विशाल निरौलाको संगीत सम्योजनमा गीतलाई तयार पारिएको छ l
छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईँ,सम्पादन दिन्सन शाहको रहेको भिडियोलाई शिशिरले आफ्नै च्यानल बाट सार्वजनिक गरेका छन् l भिडियोमा शिशिर सँगै रिस्ता बस्नेत,जुना सुन्दास,प्रकाश रामदाम,वसन्त भण्डारी,श्रद्धा गौतम,पूजा गौतम,सरूँ गौतम,एलिना कार्की,शुसन गौतम,लक्ष्मण राज अधिकारी अविनाश गौतम र निक शर्माको अभिनय रहेको छ l
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




