यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हुम्लाको सीमा क्षेत्रमा नेपालीहरुमाथि चीनियाँ सुरक्षाकर्मीद्धारा ढुंगा प्रहार


हुम्लास्थित नेपाल(चीन सीमा क्षेत्रमा गएका नेपालीहरुमाथि चीनियाँ सुरक्षाकर्मीले ढुंगा प्रहार गरेका छन् । सीमा विवादका बारेमा अनुगमनका लागि हुम्लाको नाम्खा पुगेका कांग्रेस केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले सिमामा गएका नेपालीहरुमाथि चिनियाँ सुरक्षाकर्मीहरुले ढुंगा प्रहार गरेको जानकारी पाएको बताए । उनले अनुगमनका क्रममा नेपालतर्फका सीमा पिलरहरु चीनले तारबार गरेर राखेको र त्यहाँ जान खोज्नेहरुलाई लखेट्ने गरेको स्थानीयले बताउने गरेको उनले जनाए ।

Advertisement
उनले भने,‘५ ‘ए’ र ६ ‘ए’ पिलरलाई उनीहरु ९चिनियाँहरु०ले आफ्नो क्षेत्रभित्र पारेर हाम्रोतिर बार लगाएका छन् । त्यहाँ उनीहरुको सेक्युरिटी बसेको छ । त्यहाँ हाम्रो गाउँलेहरु जाँदा ढुंगा हानेर लखेटेको रहेछन्।’ नेता शाहीले आफूहरु जानुभन्दा अघिल्लो दिन चिनियाँ सुरक्षाकर्मीले ढुंगा हानेको जानकारी पाएको बताए । उनले भने,‘हामी जानुभन्दा अघिल्लो दिन समेत उनीहरुले ढुंगा हानेको थाहा पाएँ । हामी जाँदा भने कुनै अवरोध गरेनन् ।’ नेता शाहीसहितको कांग्रेसको टोली सिमा विवाद भएको स्थानमा पुगेर हुम्ला सदरमुकाम सिमिकोट फर्किदैछन् ।