विगत केही समयदेखि भक्तपुर लगायत आसपासका ठाँउहरुमा अमेरिकी डलर देखाइ १ करोड १५ लाख १० हजार बराबरको नगद ठगी गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, भक्तपुर, महानगरीय प्रहरी वृत्त ठिमी, जगाती र अपराध महाशाखा भक्तपुरबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न गिरोहका १२ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालत भक्तपुरबाट ठगी मुद्दामा म्याद लिई थप अनुसन्धान सुरू गरेको छ।

प्रहरीले घटनामा संलग्न अन्यको पनि खोजी जारी राखेको जनाएको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे(३ घर भई हाल गोकर्णेश्वर नगरपालिका(१ बस्ने ३६ वर्षीय खेलबहादुर तामाङ, सोही ठाउँका रेलबहादुर तामाङ, बाह्रबिसे नगरपालिका(६ घर भई हाल भक्तपुर मध्यपुरठिमी नगरपालिका(९ बस्ने ५६ वर्षीय श्याम बहादुर तामाङ,सोही ठाउँका २५ वर्षीय रामकृष्ण तामाङ रहेका छन् । यसैगरी बाह्रबिसे नगरपालिका घर भई हाल भक्तपुर मध्यपुरठिमी नगरपालिका( ९ बस्ने ३२ वर्षकी कान्छी तामाङ, बाह्रबिसे न।पा। ३ घर भई हाल भक्तपुर चारदोबाटोमा कोठा गरी बस्ने वर्ष २३ को विमल भण्डारी, बाह्रबिसे न।पा। ३ भई हाल भक्तपुर चारदोबाटोमा कोठा गरी बस्ने २१ वर्षीय निर्मल भण्डारी रहेका छन् । प्रहरीका अनुसार बाह्रविसे न।पा। २ घर भई हाल जोरपाटी काठमाण्डौ बस्ने बर्ष ३३ को राज कुमार तामाङ, बाह्रविसे न।पा। ४ घर भई हाल लोकन्थली, भक्तपुर बस्ने बर्ष ३१ को धन बहादुर भण्डारी, बाह्रबिसे न।पा। २ घर भई हाल भक्तपुर सुडाल बस्ने बर्ष २८ को कमल भण्डारी, बाह्रबिसे न।पा। ४ घर भई हाल भक्तपुर कालोपाटी बस्ने बर्ष २७ को राकेश भण्डारी र बाह्रबिसे न।पा। ३ घर भई हाल काठमाण्डौ बालाजु बस्ने बर्ष ३९ को सन्च बहादुर योञ्जन पक्राउ परेका छन् ।