नवनियुक्त बागमती प्रदेशका आठ जना मन्त्रीहरुले पद तथा गोपनयताको सपथ ग्रहण गरेका छन् । बुधबार प्रदेश प्रमुख कार्यलय हेटौँडामा भएको कार्यक्रमका बिच प्रदेश प्रमुख यादवचन्द्र शर्माले नव नियुक्त मन्त्रीहरुलाई सपथ गराएका हुन् । एमालेका ३, माओवादीका ३ र राप्रपाका २ नवनियुक्त मन्त्रीहरुले सपथ लिएका हुन् ।

एमालेका एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ, केशव पोखरेल कृषि तथा पशुपक्षी विकास मन्त्रीको रुपमा सपथग्रहण गरेका हुन् । यस्तै माओवादी केन्द्रबाट युवराज दुलाल भौतिक पूर्वाधार विकास, गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री र कुमारी मोक्तान सामाजिक विकास मन्त्रीको रुपमा सपथ लिँदा राप्रपाबाट डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी र राजु विष्टले वन तथा वातावरण मन्त्रीको रुपमा सपथ लिएका हुन् । यसअघि राप्रपाका उद्वव थापाले विनाविभागीय मन्त्री तथा खानेपानी, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री ,एमालेका जघन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीको शपथ लिएका थिए ।