Comments Add Comment

विश्वकप फुटबल : ट्युनिसियासँग फ्रान्स पराजित

फिफा विश्वकप २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा बुधबार साविक विजेता फ्रान्स ट्युनिसियासँग १–० ले पराजित भएको छ । यसअघि लगातार दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको फ्रान्स ट्युनिसियासँग हारका बावजुत पनि समूह डी को विजेता बन्न सक्यो । एजुकेसन सिटी स्टेडियममा भएको खेलमा फ्रान्सले समूहको अघिल्लो खेलमा उतारेको टिममा ९ खेलाडी परिवर्तन गरेको थियो ।

नकआउट चरणमा स्थान पक्का भइसक्दा फ्रान्सले अरु खेलाडीलाई पनि अवसर दिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ट्युनिसियाले गोल गर्‍यो । ५८औं मिनेटमा वाहबी खाजरीले गोल गर्दै ट्युनिसियालाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेपछि फ्रान्स प्रशिक्षक डिडियर डेसच्याम्पसले अघिल्लो खेलमा गोल गरेका स्टार किलिएन एमबाप्पेदेखि एन्टोइन ग्रीजमन, एड्रिएन राविओट र उसमान डेम्बेलेलाई मैदान प्रवेश गराए पनि फ्रान्सले बराबरी गोल फर्काउन सकेन ।

समूह डी मा फ्रान्सले दुई जित र एक हारबाट ६ अंक जोड्दै समूह विजेता बन्यो । अष्ट्रेलियाले पनि डेनमार्कलाई अन्तिम खेलमा पराजित गर्दै फ्रान्ससमान ६ अंक नै जोडेको थियो । तर, गोलअन्तरमा पछि रह्यो । फ्रान्सलाई स्तब्ध पारेको ट्युनिसियाले ४ अंक जोडेपनि समूह चरण पार गर्न सकेन । फ्रान्सले अब अन्तिम १६ मा समूह सी को उपविजेतासँग खेल्नेछ । सन् २०१४ को विश्वकपमा क्वाटरफाइनलमा जर्मनीसँग पराजित भएपछि फ्रान्सले विश्वकपमा पहिलो हार भोगेको हो ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै