मकवानपुरको बकैयाँ –५ हात्तिसुडेमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । हेटौंडा–धरानचतरा सडकखण्ड अन्तरगत हात्तिसुडेमा मोटरसाइकल दुर्घटनामा परी बकैयाँ –५ श्रीपुर बस्ने २८ वर्षिय श्याम लामाको मृत्यु भएको हो । हात्तिसुडेबाट श्रीपुर तर्फ जादै गरेको प्रदेश २ ०३०१८ प २५५७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार गएराती १० बजे मोटरसाइकल अनियन्त्रित भई सडकको नालिमा खसी दुर्घटना भएको हो ।