Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरगढी पालिकाको मैत्रीपूर्ण शिक्षक भलिवल प्रतियोगिता सम्पन्न

Company Register

मकवानपुरगढी गाउँपालिकास्तरिय मैत्रिपूर्ण शिक्षक भलिवल प्रतियोगिताको समापन सत्र आज सम्पन्न भएको छ । मकवानपूरगढी गाउँपालिका वडा नं ६ का वडाअध्यक्ष टिका प्रसाद दाहालको प्रमूख प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्रोतशिक्षक दाशरथी उपाध्याय, इन्द्रबहादुर कार्की, मनकारी ब्यक्तित्व एवम् जिल्ला भलिवल परिषद् मकवानपुरका निवर्तमान उपाध्यक्ष इन्द्रप्रसाद सञ्जेल तथा टोलविकास समिति अध्यक्ष भीमप्रसाद दाहालको विशेष आतिथ्यता रहेको थियो ।

Advertisement

हिजोदेखि शुरु भएको मैत्रीपूर्ण भलिवल प्रतियोगितामा पालिकाभरका ३९ विद्यालयमध्ये ७ वटा टिम दर्ता भएकोमा माविहरुले एकल सहभागिता जनाएका हुन् भने आधारभूत विद्यालयहरुले भने थप विद्यालय समायोजन सहित टिम बनाएर सहभागिता जनाएका थिए ।

विद्यार्थीहरुलाई मात्र शैक्षिक र अतिरिक्त क्रियाकलापको प्रतिस्पर्धा हुने नभई शिक्षकहरुमा पनि यस्ता प्रतिस्पर्धा हुनुपर्ने बताउँदै मकवानपुरगढी गाउँपालिकामा गत वर्षदेखि नै यस्तो कार्यक्रमको आयोजना भएको स्रोतशिक्षक इन्द्रबहादुर कार्कीले बताउनुभयो । गतवर्ष भानु माविमा शिक्षक मैत्रीपूर्ण फूटसल र चण्डिका माविमा शिक्षक भलिवल प्रतियोगिता आयोजना भएको थियो ।

यसवर्ष भएको मैत्रीपूर्ण भलिवल प्रतियोगितामा सहभागी ७ वटा टिममध्ये भानू मावि प्रथम, आयोजक जनक मावि द्धितीय तथा जनता मावि सुकौरा तृतीय भएका छन् ।

कार्यक्रममा शिक्षक महासंघ मकवानपुर सहसचिव केदारतिमल्सेना, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर प्रचार विभाग प्रमूख सुनील गौतम, मकवानपुरगढी अध्यक्ष शीवप्रसाद लामिछाने, महासंघ सहअध्यक्ष होमबहादुर नेपाली, उपाध्यक्ष राजुप्रसाद सञ्जेल, सदस्य शम्भू पराजुली, भानू मावि प्रधानाध्यापक राजेन्द्र थापा, आधारभूत आवि का प्रधानाध्यापक बासुप्रसाद आचार्य लगायतको आतिथ्यता रहेको आयोजक विद्यालयका प्रधानाध्यापक बिरेन्द्र यादवले बताउनुभयो । यादवले सहयोगी सबैमा धन्यवाद ज्ञापन गर्दै विद्यालयका तर्फबाट आभार समेत ब्यक्त गर्नुभयो । समापन सत्रको कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक पूर्णप्रसाद अधिकारीले सञ्चालन गर्नुभएको हो ।

हेर्नुहोस् तस्विरहरु:

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...