मकवानपुरगढी गाउँपालिकास्तरिय मैत्रिपूर्ण शिक्षक भलिवल प्रतियोगितामा भानु माध्यमिक विद्यालय विजयी भएको छ । शनिबार र आइतबार भएको प्रतियोगितामा गाउँपालिका भरबाट ७ टिमको सहभागिता रहेको थियो । साविक विजेता भानु माविले आइतबार भएको फाइनल खेलमा आयोजक जनक माविलाई २५–१५ ,२५–२२ र २५–२१ को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । जनक माविले चण्डिका माविलाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए भने भानु मावि जनता मावि सुकौरालाई पराजित गर्दै फाईनल प्रवेश गरेको थियो । प्रतियोगितामा जनक माविले दोस्रो स्थान हासिल गरेका छन् भने जनता मावि सुकौराले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा भानु माविका शिक्षक निर्मल धिताल उत्कृष्ट खेलाडी घोषित भएको थिए । जनक माविको आयोजना तथा मकवानपुरगढीको प्रायोजन र मनकारी दानविर इन्द्र सञ्जेलको सहयोगमा प्रतियोगिता भएको हो ।

May be an image of 18 people, including Indra Prasad Sanjel and people standing

मकवानपूरगढी गाउँपालिका वडा नं ६ का वडाअध्यक्ष टिका प्रसाद दाहालको प्रमूख प्रमूख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रममा स्रोतशिक्षक दाशरथी उपाध्याय, इन्द्रबहादुर कार्की, मनकारी ब्यक्तित्व एवम् जिल्ला भलिवल परिषद् मकवानपुरका निवर्तमान उपाध्यक्ष इन्द्रप्रसाद सञ्जेल तथा टोलविकास समिति अध्यक्ष भीमप्रसाद दाहालको विशेष आतिथ्यता रहेको थियो ।