नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएका छन् । आइतबार सामाजिक संजाल फेसबुकबाट अलमुताइरीले राजीनामाको घोषणा गरेका छन् । अल्मुताइरीले ५ सय २५ दिनपछि आफ्नो कार्यकाल सकिएको घोषणा गरेका हुन् । खेलाडीसँगको विवादका कारण विवादमा तानिएका थिए ।