Comments Add Comment

टिकटकबाट संकलित ७० हजार ५० रुपैँया असक्त बिरामीलाई सहयोग

मकवानपुरका संचारकर्मी इन्द्रमान आत्मा डिम्डुङको पहलमा टिकटकबाट संकलित ७० हजार ५० रुपैँया असक्त बिरामीलाई सहयोग गरेको छ । चितवन जिल्ला भरतपुर –१५ मंगलपुर बस्ने वर्ष ४० कि टिका देवी सापकोटालाई संकलित रकम सहयोग गरेको हो । सापकोटा विगत ५ वर्ष देखि हात खुट्टा राम्रोसंग नचल्ने र कतै हिडडुल गर्न नसक्ने समस्या झेल्दै आएकी छिन उनि बिगत ५ वर्ष देखि ओछ्यानमै थला परेकी छन् ।

स्थानीयका अनुसार उनि ३ वर्षकी हुँदा बुवाको स्वर्गबास भएको र बुवाको स्वर्गबास भएपछि आमा अर्कैसँग विवाह गरी गएका कारण उनि बिचल्ली भएकी हुन् । उनि अहिलेसम्म आर्थिक अभावकै कारण उपचारका लागि अस्पतालसम्म जान सकिएकी छैनन् । उनको यस्तो समस्य टिकटकबाटै संचारकर्मी डिमडुङले थाहा पाएपछि उपचार गर्न केही सहज होस भनेर उनले टिकटक लाईभबाटै सबैसामु सहयोगको अपिल गरेका थिए । त्यसपश्चात एक हप्तामा करिब ६९ हजार रुपैँया सहयोग प्राप्त भयो र संचारकर्मी डिमडुङ आफैले पनि पाँच सय तीन रुपैँया थपेर जम्मा ७० हजार ५० रुपैँया शविबार असक्त सापकोटाकै घरमा पुगेर सहयोग गरेका छन् ।

आर्थिक सहयोग गर्नेहरुको नामावली
१  अभि ढकाल – इलाम – हाल साउदी रु. २५,०००
२  कुसुम पुर्जा मगर – म्याग्दी, साईप्रस रु. ६,३६८
३  दिपक जस्वल – वीरगंज रु. १,१००
४  विकास यात्री – उदयपुर,हाल ललितपुर रु. १,१००
५ महेश चन्द – दैलेख,हाल म्याग्दी नेपाल आर्मी रु. २,०००
६  अनिषा लामा – मकवानपुर हेटौडा ,हाल लेबनान रु. १२,९१९
७  निशा डिसी – सल्यान ,हाल दाङ रु. २,०००
८ सन्तोषी सेढाई – चितवन खुरखुरे रु. १,५००
९ गणेश अछामी – खोटाङ, हाल पोखरा , रु. २,०००
१०  माया तामाङ्ग मोक्तान – रौतहट,हाल काठमण्डौ,रु. १,०१०
११  मनिषा कुमारी ज्ञाण्ड्रीष – सिन्धुली मरीन ,रु. १,०५०
१२  सिता श्रेष्ठ – काठमण्डौ दक्षिण ढोका,हाल इजरायल ,रु. ६,५००
१३  कल्पना तामाङ – काठमण्डौ टेकु,रु. १,१००
१४  प्रकाश जोशी – स्याङ्जा ,रोल्पा पिडीखोला ,रु. १,५००
१५  एलिना राई – धरान रु. १,४००
१६  टिका रुम्बा – काठमण्डौं,रु २,०००
१७  मिकेश गुरूङ , धादिङ ,हाल वीरगंज रु.१,०००
१८ इन्द्रमान आत्मा रु.५०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर