Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

युरोकपको उपाधि इटालीलाई

Company Register

युरो कप फुटबलको उपाधि इटालीले जितेको छ । आइबार राती सम्पन्न खेलमा घरेलु टोली इंग्ल्याण्डलाई ट्राइब्रेकरमा पराजित गर्दै इटालीले युरो कपको उपाधि जितेको हो । इटालीले पेनाल्टी सुटआउटमा ईंग्ल्याण्डलाई ३–२ गोल अन्तरले पराजित गर्दै १६ औँ संस्करणको उपाधि जितेको हो। ५३ वर्षपछि इटाली दोस्रो पटक युरोकपको उपाधि जित्न सफल भएको छ।

Advertisement

उता पहिलो पटक फाइनलमा पुगेको इंग्ल्याण्ड भने उपविजेता मै चित्त बुझाउन बाध्य भयो। ५५ वर्षपछि ठूलो प्रतियोगिता जित्ने लक्ष्यमा रहेको इंग्ल्यान्डको सपना भने अधुरै रहेको छ। निर्धारित समयमा दुवै टोलीले एक एक गोलको बराबरी गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिईएको थियो। घरेलु टोली इंग्ल्याण्डले खेलको दोस्रो मिनेटमा नै लुक शाको गोलमा अग्रता बनाएको थियो। पहिलो हाफमा १–० ले पछि परेको इटालीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेललाई बराबरीम ल्याएको थियो। पहिलो हाफमा बल पोजिसनमा इटालीले पकड जमाएपनि फिनिसिङमा चुक्न पुग्दा बराबरी गर्ने अवसर गुमाएको थियो। खेलको ६७ औं मिनेटमा इटालीले बोनुचीको गोलमा गोल गर्दै खेलमा फर्कियो। इंग्ल्यान्डका डिफेन्सले क्लिअर गर्न नसकेको बलमा बोनुचीले गोल गर्दै इटालीलाई खेललाई बराबरीमा ल्याएका थिए।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...