Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सर्वोच्च अदालतको फैसलाविरुद्ध हेटौंडाको बुद्धचोकमा विरोध प्रदर्शन

Company Register

सर्वोच्च अदालतको फैसलाविरुद्ध हेटौंडाको बुद्धचोकमा विरोध प्रदर्शन भएको छ । नेकपा एमाले,मकवानपुरको भातृ संगठनहरुले हेटौंडाको बुद्धचोकमा प्रदर्शन गरेको हुन् ।
आज सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना र प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परामदेश दिएपछि एमाले निकट युवाहरुले विरोध प्रदर्शन गरेका हुन् ।

Advertisement

एमाले निकट अनेरास्ववियु मकवानपुर ,युवा संघ मकवानपुर ,अनेमसंघ मकवानपुर र खेलखुद महासंघ मकवानपुर लगाएत भातृ संगठनहरु विरोध प्रदर्शन गरेका हुन् ।
उनिहरुले बहुदलीय व्यवस्था जोगाउन सर्वोच्च अदालतको फैसला विरुद्ध प्रदर्शन गर्नु परेको बताएका छन् । उनिहरुले निर्दलीय व्यवस्था चाहिँदैन लोकतन्त्र मास्न पाइदैन,संवैधानिक सर्वोच्चता कायम गर, प्रतिगामी फैसला मुर्दावाद लगाएतका नाराहरु लगाएका थिए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...