Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

पर्सा मालपोतमा प्रशासनको छापा, प्रमुखसहित १५ जना पक्राउ

Company Register

मालपोत कार्यालय पर्सामा जिल्ला प्रशासन कार्यालयसहितको टोलीले छापा मारेको छ। कार्यालय समय बितिसक्दा पनि राति अबेरसम्म काम गर्दै आएको अवस्थामा प्रहरीसहित पुगेको टोलीले छापा मारी गर्दा मालपोत कार्यालय पर्साका निमित्त प्रमुख सहित १५ जनालाई नियन्त्रणमा लिएको छ। सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय पर्साको टोलीले छापा मारी निमित्त प्रमुख सुमन झासहित केही कर्मचारी तथा जग्गा दलालहरु गरी १५ जनालाई नियन्त्रणमा लिएको हो।

Advertisement

टोलीले झासहित ६ जना कर्मचारी र ८ जना अन्य जग्गा दलाललाई कार्यालयमै नियन्त्रणमा लिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए। राति ८ बजे सम्म कार्यालयमा बसेर काम गरेको हुनाले रातको समयमा भएको कामको बारेमा छापा मार्न गएको टोलीले कार्यालय प्रमुखसहित कर्मचारीसँग सनाखत समेत गराइएको थियो। कार्यालयका केही कागजात पनि टोलीले नियन्त्रणमा लिएको छ। उनीहरुको सम्बन्धमा अनुसन्धान भइरहेको तथा विस्तृत विवरण आइनसकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...