Comments Add Comment

ठुलो सख्यामा कोरोना संक्रमित थपिए

काठमाडौं : नेपालमा बुधबार थप ४८४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल सं‌ख्या २४ हजार ४३२ जना पुगेको छ । गत २४ घण्टाभित्रमा कोरोना उपचारपछि निको भएर ६४ जना घर फिर्ता भएका छन् ।

यसैगरी, पछिल्लो २४ घन्टामा थप ८ जनाको कोरोनाबाट ज्यान गएको छ । अहिलेसम्म ज्यान गुमाउनेको संख्या ९१ जना पुगेको छ । उपत्यकामा पनि कोरोना संंक्रमण थप बढ्न थालेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा गरी थप १३८ जनामा कोरोना पुष्टि भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर