झण्डै एक महिना अगाडि सार्वजनिक भएको गीत ‘छोटो छ जन्दिगी फोटो खिचेर राख’ बोलको गीतले विस्तारै धेरै दर्शक श्रोताको मन जित्न सफल हुदै गएको छ। गीत एक पटक सुनेपछि श्रोताको दिलमा गडेर बस्ने खालको गीतको रचनाकार नारायण नेपाल हुन् भने संगीतकार भूपु पाण्डे । भूपु पाण्डे कै स्वरमा रहेको गीतमा मेलिना मैनालीले साथ दिएकी छन्।

‘छोटो छ जीन्दगी’ मेलिना मैनालीको पहिलो गीत हो। चर्चा र लोकप्रियताको शिखरमा चढ्दै गरेको यो गीत जतिले सुनेका छन् उनीहरुको मनको ट्रेण्डिङमा बस्न सफल भएको छ। जुन कुरा गीतको भिडियोले पाएको लामा लामा प्रतिक्रियाले पुष्टि गरेको छ। यसै गीतकी गायिका मेलिना मैनाली काठमाण्डौँ आएको अवसर पारेर उनीसंग हामीले गीतका बारेमा केही कुराकानी गरेका छौँ।

यसरी जुर्यो अवसर

मेलिना मैनाली हाल झापा मै कक्षा १२ मा अध्ययनरत छिन्। तर उनले यो गीत करिब ३ वर्ष पहिले नै रेकर्ड गराएकी थिईन्। उनी भन्छिन्, ‘म १५ वर्षकी थिएँ। भर्खर एसई दिएर बसेको। त्यतीबेला नै मैले रेकर्ड गरेकी हुँ।’
उनी भन्छिन्, ‘खासमा गीत गाउने सोख सानै देखि ममा जागेको रहेछ। हामी बस्ने ठाउँमा छिमेकीले सधै एफएम रेडियो बजाउनुहुन्थ्यो। त्यही बजेको गीतहरु सुनेर थाहै नपाई गाउने भएछु। आफ्नो गीत सुनाउन जस्को अगाडि पनि गाउन नछोड्ने। कतिपय ठाँउमा, स्कुलमा शिक्षकहरुलाई गीत गाउँछु भनी भनी उहाँहरुलाई सुनाउथे। सायद मेरो रहरलाई देखेर होला मेरो दाईले मैले गाएको गीतको एक टुक्रा भुपु दाईलाई (भूपु पाण्डे) लाई फेसबुकमा कुरा हुदा पठाउनु भएछ।
मेरो आवाज मन पराउनु भएपछि मलाई भूपु दाईले गीत रेकर्ड गर्न काठमाण्डौँ बोलाउनु भयो।

छि कस्तो काठमाण्डौँ

गायिका बन्न काठमाण्डौँ आउँदाको अनुभव उनले यसरी बेलिबिस्तार लगाईन्। उनकै शब्दमा: मेरो लागि गीत रेकर्ड गराउनु पाउनु भनेको ठूलो भाग्य हो। म काठमाण्डौँ आउन तयार भएँ। त्यस अघि एउटा कार्यक्रमको शिलशिलामा अभिभावकसंग एक पटक मात्रै काठमाण्डौँ आएकी थिएँ। त्यो पनि सिधा झापा बाट कार्यक्रम हुने ठाँउ, अनि सिधा झापा। काठमाण्डौँ घुम्ने र बुझ्ने मौका नै पाएकी थिइन्। त्यो माथि म सानै थिएँ नी।

यसपटक म एक्लै काठमाण्डौँ जाँदै थिए त्यो पनि गायिका बन्न। खै कहाँबाट ममा शक्ति आयो, हिम्मत आयो थाहा ने छैन। म एक्लै काठमाण्डौँ जान तयार थिएँ। मलाई छोड्न आमा बसपार्कसम्म आउनु भयो। मैले भर्खर एसई दिएकी थिए। उमेरले म १४/ १५ की थिएँ। त्यसपछि यात्रा भरी म एक्लै। आफूले चिनेको कोही थिएन। तर मलाई डर फिटिक्कै थिएन।खाली स्टुडियो कस्तो होला, माइक कस्तो होला। गीत गाउँदा कस्तो हुने हो भन्ने कुरा नै मनमा खेलिरह्यो।

अलि समस्याको कुरा चाँही म संग पुरानो मोबाइल थियो। त्यो फेरि अफ भइरहने।काठमाण्डौँ ओर्लने वित्तिकै मेरो मोबाइल अफ भयो। अब कहाँ जाने भन्ने आपत भयो। ओर्लेर सामानहरु एक साइड लगाएकी मात्रै के थियो, एउटा पसलेले यस्तरी हकार्नु भयो की कस्तो नराम्रो लाग्यो। के हो पसलको अगाडि सामान राख्ने। त्यहाँबाट हट्नु भन्नु भो। कस्तो नरमाइलो लाग्यो। एकातिर नौलो ठाँउ, अर्को तिर मोबाइल अफ। भूपु दाईलाई फोन गर्नै पाइएन। हाम्रो झापामा भएको भए त्यस्तो भन्नुहुन्न थियो होला। भनेको भए पनि जवाफ फर्काइन्थ्यो होला। खिन्न भएर सामान एक छेउ लगाएर नजिकैको पसलमा गएर मोबाइल चार्ज गरेर भूपु दाईलाई फोन गरेँ। अनि दाई लिन आउनु भयो। धन्न मोबाइल चार्ज गर्न चाँही दिनुभयो।

भाइरल भन्दो रहेछ

चर्चाको हिसाबले मिडियामा आएकी मेलिनालाई भाइरल गर्ल पनि भन्दा रहेछन्। यसबारे उनी भन्छिन्,’काठमाण्डौँ आएको एक साता जती भयो। २/३ वटा गीत रेकर्ड गरेकी छु। अन्तर्वाताहरु पनि भइरहेको छ। कतिले चाँही मलाई भाइरल गर्ल पनि भन्नु हुन्छ। हुन त मेरो प्रतिभा देखेर मिडयाले खोजेर अन्तर्वाता लिनु भयो। धेरैले अन्तर्वाता लिएपछि धेरैले चाँही भाइरल गर्ल भनेर भन्नु हुदो रहेछ। जे होस् धेरै माझ चिनिने मौका मिलेको छ। मैले अझ धेरै संगित सिकेर अझ राम्रा राम्रा गीत निकाल्ने प्रयास गर्नेछु।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4174 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू