यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

आईपिएल : दोस्रो सुपर ओभरमा मुम्बईमाथि पञ्जाबको जित


आइपीएलमा किङ्स इलाभेन पन्जाबले सुपर ओभरमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । दुबईमा आइतबार राति भएको खेलमा पन्जाबले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको हो । मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा सुरुवातमा ब्याटिङ गरेको पन्जाबले २ विकेट गुमाएर ५ रन जोड्यो । जवाफमा मुम्बईले पनि १ विकेट गुमाएर ५ रन बनाएपछि खेल पुनस् बराबरीमा सकियो ।

Advertisement
त्यसपछि फेरी अर्को सुपर ओभरको खेल भएको थियो । जसमा मुम्बईले १ विकेट गुमाएर ११ रन बनायो । १२ रनको लक्ष्य पन्जाबले बिना विकेटको क्षतिमा ५ बलमा १५ रन जोड्दै जित निकाल्यो । सुपर ओभरमा जानु अघि पन्जाबका कप्तान केएल राहुलले ७७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै निकोलस पुरण र क्रिस गेलले २४र२४ रन जोड्दा मायांक अग्रवालले ११ रन बनाए । दीपक होडा २३ रनमा अविजित रहदा क्रिस जोर्डन १३ रनमा आउट भए । मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए । राहुल चाहरको नाममा २ विकेट रहयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।
मुम्बईका लागि क्विन्टन डी ककले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हार्दिक पाण्डयले ३४ रन जोड्दा कप्तान रोहित शर्मा ९ रनमा आउट भए । केइरन पोलार्डले अविजित ३४ रन जोड्दा नाथन कल्टर २४ रनमा अविजित रहे । पन्जाबका मोहमद शामी र अश्रदिप सिंहले २र२ विकेट लिए । क्रिस जोर्डन र रबि बोस्नोईले १र१ विकेट लिए । जितसँगै पन्जाबले मुम्बईविरुद्ध सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा मुम्बईले पन्जाबलाई ४८ रनले हराएको थियो । पन्जाबसँग पराजित भएसँगै मुम्बईले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ । मुम्बई ९ खेलमा ६ जितसहित १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पन्जाब ९ खेलमा ६ अंक जोडेर तालिकाको छैठौँ स्थानमा उक्लिएको छ ।