Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

काँग्रेसका प्रमुख सचेतक खाँणले दशैँ भत्ता फिर्ता

Company Register

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले दशैँ भत्ता फिर्ता गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै खाँणले दशैँ भत्ता फिर्ता गरेको जानकारी दिएका छन् । प्रमुख सचेतक खाँणले दशैँ भत्ता बापतको रकम जनहितमा खर्च गर्न आग्रह गर्दै भनेका छन्, ‘हालको विषम परिस्थितिमा आम नेपालीले अभाव, पीडा र कठिनाई भोगिरहेको अवस्थामा जनप्रतिनिधिलाई भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक, जनउत्तरदायी र उचित नभएकोले मलाई प्राप्त भएको दसैं भत्ता बापतको रकम संसद सचिवालय मार्फत जनहितमा उपयोग गर्न सरकारलाई फिर्ता गर्ने व्यहोरा जानकारी गराउँदछु ।’ साथै खाँणले उक्त रकम सरकारको कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन संघीय संसद सचिवालयलाई आग्रह गरेका छन् ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...