मकवानपुरगढी गाउँपालिकामा तेस्रो संस्करणको  गाउँपालिका स्तरीय रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । मकवानपुरगढीको वडा नंम्बर ६ स्थित डुम्रेकुनामा रहेको सनराईज युथ क्लवको आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागिएको हो ।

नेपालीहरुको महान पर्व बिजया दशमी , दिपावली तथा छठ पर्वको अवसरमा सधैंका वर्षहरुमा झै यस वर्षपनि प्रतियोगिता आयोजना गर्न लागिएको सनराईज युथ क्लवका अध्यक्ष अशोक स्याङ्तानले बताए । स्थानीय स्तरमा रहेका उदयमान युवा खेलाडीहरुको पहिचान तथा प्रोत्साहन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्मको खेल खेल्न सक्ने खेलाडी उत्पादन गर्नको लागि टेवा पुग्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष स्याङ्तानको भनाई छ । अध्यक्ष स्याङ्तानका अनुसार प्रतियोगिता आउँदो असोज ११ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने भएको छ ।

प्रतियोगिताको विजेताले नगद ३० हजार र शिल्ड , मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद २० हजार र ट्रफी, मेडल , प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगिताभर उत्कृष्ट खेलाडीहरु विशेष प्रोत्साहन प्रदान गरिने आयोजकले जनाएको छ ।