डेंगु लागेर हेटौंडाका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१ चौकीटोलका १३ वर्षीय बालकको मृत्यु भएको छ । त्यस्तै ललितपुर ग्वार्कोका ३६ वर्षीय पुरुषको मृत्यु भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनिहरु दुबैको काठमाडौँ स्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ । यो सँगै डेंगु लागेर आईतबार एकैदिन बागमती प्रदेशमा दुई जनाको मृत्यु भएको हो । बागमती प्रदेशमा हालसम्म डेंगुका संक्रमितको संख्या ८९१७ पुगेको र सबैभन्दा बढी संक्रमित ललितपुरमा रहेको निर्देशनालयले जानकारी दिएका छन् ।