एसिया कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि श्रीलंकाले जितेको छ । आईतबार राती भएको फाईनल खेलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका एसिया कप च्याम्पियन बनेको हो। श्रीलंकाले दिएको १७१ रनको लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा १४७ रनमा अलआउट भएको थियो ।