यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

ला लिगा :डेब्यु खेलमै स्वरेजको दुई गोलसँगै एथ्लेटिको मड्रिडको जित


स्पेनिस ला लिगा फुटबल अन्तर्गत एटलेटिको म्याड्रिडले ग्रानाडाविरुद्ध फराकिलो जित निकालिएको छ । एथ्लेटिको मड्रिडका नयाँ फरवार्ड लुइस सुआरेजले डेब्यु खेलमा नै दुई गोल गरेका छन् । एटलेटिकोले घरेलु मैदानमा ६–१ को जितसँगै नयाँ सिजनको सुखद सुरुवात गरेको छ । पहिलो खेलमा वैकल्पिक खेलाडीका रुपमा रहेका सुआरेजले अन्तिम २० मिनेट मैदानमा बिताएपनि दुई गोल गर्न सफल रहे । उनी डिएगो कोस्टाको स्थानमा ७० औं मिनेटमा मैदान प्रवेश गरेका थिए । खेल ३(० को स्थितिमा मैदान प्रवेश गरेका सुआरेजले दुई मिनेटमा नै असिस्ट दिएका थिए । उनले अन्त्यतिर दुई गोल थपेपछि टोलीले सानदार जित निकालिएको थियो ।