2025-12-10 2:38 am

मकवानपुर गोल्डकप : उपाधिका लागि आज घरेलु टोलि विजय युथ र आर्मी भिड्दै

हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपको फाईनल खेल आज हुँदैछ । हेटौंडा –५ स्थित पिप्ले क्याम्पा रंगशालामा आज दिउँसो हुने फाईनल खेल घरेलु टोली विजय युथ क्लव र विभागिय त्रिभुवन आर्मी क्लवबीच हुनेछ । दुबै टोलि उपाधि हात पार्ने दाउमा छ । खेल आज दिउँसो ३ बजेदेखि सुरु हुने खेल संयोजक प्रताप विष्टले जनाए ।

घरेलु टोलीले सेमिफाईनलमा नेपाल पुलिसलाई १–० गोलले पाखा लगाउँदै फाईनलको यात्रा तय गरेको हो भने त्रिभुवन आर्मी क्लवले क्यामरुनी एभिनियर क्लवलाई पेनाल्टी सुटआउटमा ११–१० गोलले पराजित गर्दै उपाधिका लागि घरेलु टोली विजय युथसँग भिड्ने पक्का गरेको हो । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले १० लाख सहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्ट हुने खेलाडी र प्रशिक्षकले जनही २५–२५ हजार प्राप्त गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad