स्वतन्त्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा गोकुल अधिकारी चयन भएका छन् । शनिबार हेटौंडामा भएको तेश्रो अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा प्रेमकला पौडेल, सचिवमा प्रमोद अर्याल, कोषाध्यक्षमा रणधीर गुप्ता र सदस्यमा जमुना थिङ चयन भएका छन् ।

संघले केन्द्रीय परिषद् सदस्यमा सुरेश श्रेष्ठ र आदर्श थोकर चयन भएका छन् भने प्रदेश परिषद् सदस्यमा मेनुका बल, रबिन्द्र वाइबा र दीक्षान्त खड्का चयन भएको छन् । स्वतन्त्र पत्रकार संघ राष्ट्रिय सल्लाहाकार नवराज पहाडीको प्रमुख आतिथ्यता र स्वतन्त्र पत्रकार संघ राष्ट्रिय कोषाध्यक्ष शालिग्राम पाण्डेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।