मकवानपुरको मनहरी गाउँपालिकामा गठवन्धनका उम्मेदवारहरु विजयी भएका छन् । बुधबार सम्पन्न मत गणनाको परिणाम अनुसार गठबन्धनबाट अध्यक्षका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका रञ्जन कालाखेतीले ९ हजार ३६६ मत ल्याई विजयी भएको हो । उनको प्रतिद्वन्दी नेकपा एमालेका अध्यक्षका प्रत्यासी तथा निवर्तमान अध्यक्ष एकराज उप्रेतीले ४ हजार ९७० मत प्राप्त गरेका छन् । नेकपा (एस) ले १ हजार ६१४ मत प्राप्त गरेको छ ।

उपाध्यक्ष तर्फ गठबन्धनबाट नेकपा माओवादीका सिता पुलामी मगर (रेखा) विजयी भएकि छन् । उनले ७ हजार ४७० मत गर्दा नेकपा एमालेका सुजिता थिङले ५ हजार १३८ मत प्राप्त गरेकि छन् । उपाध्यक्षका उम्मेदवार तथा निवर्तमान मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले २ हजार १४१ मत प्राप्त गरेकी छन् ।